प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
काठमाडौ, पुस २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेकपा (एकीकृत समाजवादी)ले निर्णय गरेको छ । आज एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले सर्तसहित विश्वासको मत दिने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्। उनी गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।
प्रतिक्रिया दिनुहोस्






