Upalabdhi News

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सारियो

उपलब्धि मिडिया
पुस २६, २०७९ | १०:४२ बजे


काठमाडौ, पुस २६ गते । बिहान ११ बजे निर्धारित गरिएको प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सारिएको छ ।संघीय संसदका महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारण बैठक १ बजेलाई सारिएको उल्लेख छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् । एकीकृत समाजवादीको बैठकले भने प्रधानमन्त्री प्रचण्डलाई सर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ । त्यस्तै नेपाली कांग्रेसको बैठक जारी रहेपछि बैठक सारिएको अनुमान छ । कांग्रेसले यो बैठकबाट प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?