Upalabdhi News

ब्राजिलका समकक्षीलाई अमेरिकी राष्ट्रपति बाइडेनद्वारा भ्रमणको आमन्त्रण

उपलब्धि मिडिया
पुस २६, २०७९ | १२:४९ बजे


काठमाडौ, पुस २६ गते ।अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्राजिलका राष्ट्रपतिलाई अमेरिका भ्रमणको निमन्त्रणा दिएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई आगामी फेब्रुअरी महिनाको शुरुमा अमेरिकाको भ्रमणमा आउन आमन्त्रण गरेका हुन ।

उनीहरुका बीचमा सोमबार फोनवार्ता भएको थियो । त्यस वार्ताका क्रममा उनले आफ्ना ब्राजिलियन समकक्षीलाई आमन्त्रण गरेको जारी विज्ञप्तिमा जनाइएको छ ।अमेरिकी राष्ट्रपति बाइडेनको सो आमन्त्रणलाई आफूले स्वीकार गरेको र यस भ्रमणबाट दुई देशका बीचमा आवश्यक समझ्दारी निर्माण गर्न र आपसी सहकार्यलाई अघि बढाउन ठूलो सहयोग पुग्ने पनि ब्राजिलका राष्ट्रपति लुलाले बताउनुभएको सो विज्ञप्तिमा जनाइएको छ ।

उता ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर हिंसात्मक आक्रमणहरु भएका बताइएको छ ।ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरुले यहाँको राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणा भएपछि आइतबार राति व्यापक मात्रामा तोडफोड गरेका थिए ।उनीहरुले यहाँको संसद भवन, ब्राजिलका राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालतलगायतका स्थानमा आक्रमण गरेका थिए । उनीहरुले संसदभवनभित्रै प्रवेश गरेर त्यहाँका भौतिक संरचनामा पनि तोडफोड गरेका थिए ।

सो तोडफोड र सरकारी कार्यालयमा भएको आक्रमणको विरोध गरिएको छ । साथै सो आक्रमणको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले एक हजारजना भन्दा पनि बढीलाई पक्राउ गरेको बताएको छ ।प्रहरीले सो आक्रमण र हिंसामा सहभागी भएका व्यक्तिहरुलाई सिसी टिभीबाट पहिचान गरेर पक्राउ गर्ने क्रम जारी नै राखेको छ भने उता प्रदर्शनकारीहरुले विरोध जुलुश निकालिरहेका छन् ।यता राष्ट्रपतीय निर्वाचनको विरोधमा हिंसा जारी रहेका बेला यता अमेरिकी राष्ट्रपतिले आफ्ना ब्राजिलियन समकक्षीलाई अमेरिका भ्रमणको निम्ता दिनुभएको बताइएको हो ।
–––

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?