Upalabdhi News

दमकल नजाने गल्लीमा ‘ड्राइ राइजर’ विस्तार गर्दै काठमाडौं महानगरपालिका 

उपलब्धि मिडिया
पुस २९, २०८१ | ९:४९ बजे


काठमाडौं । काठमाडौं महानगरपालिका–७ मा फायर फाइटिङ पाइप लाइन (ड्राइ राइजर) जडान गरिएको छ । पाइप लाइनको सोमबार सफल परीक्षण गरिएको महानगर प्रहरी इन्सपेक्टर धुब्र कुमार भुजेलले बताए । 

उनले भने, ‘साँघुरा गल्लिहरुमा काठमाडौं महानगरपालिकाले विपद् व्यवस्था विभाग अन्र्तगतका बजेटहरुबाट फायर फाइटिङ पाइप लाइन (ड्राइ राइजर) जडान गरिएको हो । विभिन्न वडाहरुमा जहाँ दमकल जान सक्दैन । जसले आगलागि हुँदाखेरी आगो निभाउका निम्ती पानिको अत्यन्त आवश्यक हुन्छ । पानिलाई निकाल्नको निम्ती ड्राइ राइजरको सहयताले पानि छिराउने गर्छौँ ।’

साथै उनले आगो  निभाउनका लागि धेरै गल्लिहरुमा ड्राइ राइजर राखिएको  बताए ।  उनले वडा नं। १२, ३, ६, १५ मा यो भन्दा अगाडि नै  राखिएको भए पनि आज ७ नं वडामा ड्राइ राइजर राखिएको बताए  । दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको पाइप लाइन ड्राइ राइजर हो । 

यसको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ ।  दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बीचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?