Upalabdhi News

हमास नियन्त्रणमा रहेका इजरायली महिला सैनिकले भने– ‘न त खानेकुरा थियो, न पिउनको लागि पानी, हामिलाई रुन पनि दिइएन’

उपलब्धि मिडिया
माघ १४, २०८१ | ९:१९ बजे


काठमाडौं । गाजा पट्टीमा युद्ध रोक्न इजरायलसँगको युद्धविराम सम्झौताको एक भागको रूपमा हमासले शनिबार आफ्ना चार महिला सैनिकलाई रिहा गरेको थियो भने बदलामा करिब २०० प्यालेस्टिनी कैदीहरूलाई पनि इजरायलले रिहा गरिदियो ।

इजरायली ४ महिला सैनिकहरू करिना एरिभ, ड्यानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग गाजाको रेडक्रसलाई हस्तान्तरण गरिएको थियो । रिलिज कार्यक्रमको क्रममा महिलाहरूलाई प्यालेस्टिनी गाडीबाट निकालेर स्टेजमा ल्याइयो र रिहा गरिएको घोषणा गरियो । रिहा लगत्तै उनीहरू मुस्कुराए र भीडतिर हात हल्लाएर अभिवादन गरे । त्यसपछि उनीहरु रेडक्रसको गाडीमा बसे ।

यी चारैजना महिला इजरायली सैनिक हुन् । जसलाई अक्टोबर ७ मा हमासले आक्रमण गर्दा इजरायलको नहल ओज सैन्य अखडाबाट अपहरण गरेर झन्डै १५ महिनासम्म आफ्नो नियन्त्रणमा राखेका थिए । तर, हमासको बन्धनवाट मुक्त भए पछि यी महिला सैनिकहरूले बन्दी जीवनमा आफूमाथि भएको सम्पूर्ण पीडाको बयान गरेका छन् ।

 चारजना महिला सिपाहीहरूलाई रिहा हुनुअघि लगाउनको लागि अर्ध–सैन्य वर्दी दिइएको थियो। त्यसपछि उनलाई हतियारधारी हमास कार्यकर्तासँगै मञ्चमा खडा गराइएको थियो । सैनिकका परिवारले  भने, ‘उनीहरूले स्टेजमा उभ्याएर डराएको वा नर्भस नभएको देखाएका थिए, त्यसले हामीलाई कुनै असर गरेको छैन, हामी उनीहरूभन्दा बलियो छौं भन्ने सन्देश दिन खोजिरहेका थिए।’

अपहरणपछि घामको किरण पुग्न नसक्ने ठाउँमा राखिएको चारजना महिला सैनिकलाइ राखिएको थियो । ‘न त राम्ररी सास फेर्न सकिन्थ्यो, न त उज्यालो  नै थियो,  जसका कारण उनले धेरैजसो समय अन्धकारमा बितायौं,’ नामा लेवीले भनिन ।  उनका अनुसार ४७७ दिनको कैदमा उनलाई गाजा शहरसहित गाजा वरिपरि नै घुमाउने गरिएको  थियो। तिनीहरूमध्ये केहीलाई हमासका धेरै वरिष्ठ व्यक्तिहरू भेट्ने व्यवस्था पनि गरिएको थियो।
 
त्यहाँ महिला सैनिकहरूले आफूहरूमाथि निकै नराम्रो व्यवहार गरेको बताए । न त उचित खानेकुरा, न पिउनको लागि उचित पानी । यस बाहेक कयौं पटक आतंकवादीका लागि खाना पकाउनुसमेत परेको थियो । यसका साथै शौचालयको सरसफाई गर्नुपर्थ्यो । यी सबै गरेपछि खानाको लागि सोध्दा उनीहरूले अस्वीकार गरेका थिए । सैनिकहरूले यो उनीहरूको जीवनको अहिलेसम्मकै सबैभन्दा डरलाग्दो समय भएको बताए। ‘एक अर्काको हिम्मत थियो, त्यसैले आजसम्म बाँचेर फर्किएका छौं,’ उनीहरूले भने ।

अर्की एक महिला सिपाहीले भनिन्, ‘उनीहरूले सधैं हाम्रो र इजरायलका बारेमा ठट्टा गर्थे ।’ कयौं पटक उनीहरूलाई रुन पनि दिइएन । त्यसो गरेको भन्दै उनलाई कुटपिटसमेत गरिएको थियो । धेरै दिनसम्म नुहाउन दिइएन । घाइतेहरूलाई उपचारका लागि यातना दिइयो। ती महिलाहरूले आफ्नो सम्पूर्ण बन्दीबन्दीमा रेडियो भने धेरै सुनेको बताए। जसमा युद्धका बारेमा पनि जानकारी प्राप्त भएको थियो । यस अवधिमा उनीहरूले त्यहाँ अरबी भाषा पनि सिकेको महिला सैनिकले बताए । जसले धेरै सहज बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?