Upalabdhi News

शिक्षक आन्दोलन आज २५औँ दिन पनि जारी

उपलब्धि मिडिया
बैशाख १३, २०८२ | ९:५६ बजे


काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौंको सडककेन्द्रित आन्दोलनको आज २५ औँ दिन पनि आन्दोलन जारी गर्ने भएका छन् । शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन अन्तिम लडाईंमा पुगेको् भन्दै सहभागिता बढाउन आग्रह गरेका छन् । 

उनले फेसबुकमा लेखेका छन्,‘ हामी निर्णायक र अन्तिम लडाईंमा छौं । यस्तो वेला नियमित भन्दा बढी बल लगाउनु पर्छ । यो कुरालाई मनन गरी सहभागिता बढाउनुहोला ।’उनले आन्दोलनमा सहभागि नभई गाउँमै रहेका शिक्षकहरुलाई आन्दोलनले खोजेको भन्दै लेखेका छन्, ‘गाउँघरमै रहनु भएका साथीहरु, यो आन्दोलनले 

तपाईंलाई खोजीरहेको छ । सँगैका साथी आन्दोलनको मोर्चामा डटिरहँदा तपाईको कर्तव्य के होला, एकपटक आफैंलाई सोध्नुहोला ।’आन्दोलन स्थलमा पानीमा बोतलहरु छरप्रष्ट नपार्न भन्दै आफूले पानी खाएको बोटल आफैं लिएर जान अनुरोध गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?