दुर्घटनामा अस्ताए विदेश जाने खुशियाली साट्न गोरखकाली हिडेका आमाछोरा मोटरसाइकल
काठमाडौं । तनहुँको ऋषिङ गाउपालिका वडा नम्बर ६ चालिसे स्थायी घर भएका १९ वर्षीय सन्दिप आलेले तनहुँ सदरमुकाम दमौलीस्थति बाराही कलेजबाट १२ कक्षा पास गरेर विदेश जाने तयारी गरिरहेका थिए । सोही क्रममा उनले ४० वर्षीय आमा मधुमाया आलेसँग मिलेर व्यास नगरपालिका वडा नम्बर ५ पाटनस्थित सेती हाइड्रो जाने पुल नजिकै बाटो माथि सेतीमादी रिभर कटेज चलाउँदै आएका थिए । उनलाई विदेश जान अफर लेटर पनि आयो ।
त्यही खुसियालीमा १९ वर्षीय सन्दिपले आमा मधुमाया आलेलाई आज बिहानै ग।प्र।००३–००१ प ०३१० न।को मोटरसाइकलमा राखेर गोरखा कालिका मन्दिर दर्शन गर्न जाँदै थिए । तर दैबको लिला १ कालिका मन्दिर नपुग्दै बीच बाटोमै उनिहरू अस्ताउन पुगेका छन् ।
उनीहरु चढेको मोटरसाइकल तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ तल्लो छिर्कनस्थित पृथ्वीराजमार्गमा पुग्दा बाक्लो हुस्सुकाकारण चालक रहेका सन्दिपले मोटरसाइकलको नियन्त्रण गुमाउँदा सडकको कल्भर्टमा ठोक्किन पुग्यो र सात÷आठ मिटर मुनि खाल्डोमा बज्रिन पुग्यो र आमा – छोरा दुबैले यस संसार छाडेर बिदा भए । दैबले प्रहार गरेको बज्रकाकारण विदेश जाने सन्दीपको सपनामा कुठाराघात भयो । एक मात्र सन्तान रहेका सन्दीप र उनकी आमा मधुमायाको मृत्युले आले परिवार शोक विव्हल बनेको छ ।