Upalabdhi News

काजम्मु र कश्मीर ‘रहस्यमय रोग’, १७ जनाले गुमाए ज्यान गुमाएपछि गाउँ नै सिल

उपलब्धि मिडिया
माघ १२, २०८१ | १०:१६ बजे


काठमाडौं । जम्मु र कश्मीरको एउटै गाउँमा १७ जनाको रहस्यपूर्ण मृत्यु भएको छ । ‘रहस्यमय रोग’ बाट मृत्यु हुनेहरूमा अधिकांश बालबालिका रहे पछि अनुसन्धान सुरू गरिएको छ । गत ७ डिसेम्बरदेखि जम्मूको राजौरी जिल्लाको दुर्गम गाउँ बधलमा १२ बालबालिकासहितको मृत्यु भएको थियो ।

पीडित परिवारले बिरामी सुरुमा खाद्य विषाक्तता जस्तै लक्षणहरू देखिने र अचानक होश गुमाउने अनि त्यसपछि मृत्यु हुने गरेको जनाएका छन । जसका कारण सो गाउँलाई ‘कन्टेनमेन्ट जोन’ घोषणा गरेर अनुसन्धान सुरू गरेका छन । ताकी, यो रोगका संक्रामक नफैलियोस भन्ने उदेश्य राखिएको छ । सो घोषणा पछि महामारीको डर नरहेको स्थानिय स्वास्थ्य अधिकारीले बताएका छन् ।

 स्थानीय अस्पतालका प्रमुख डा. एएस भाटियाले भर्ना गरिएका चार बालबालिकासहित पहिलो ५ बिरामीमा वान्ता र झाडा पखालालगायतका खानामा विषाक्तताका लक्षण देखिएको बताए । त्यसपछि घाँटी दुख्ने र सास फेर्न समस्या भएको स्थानियले स्वास्थ्यकर्मीलाइ जानकारी गराएका छन ।

संघीय सरकारले छानबिन गर्न आदेश दिएको छ । स्थानीय प्रशासनले गठन गरेको विशेष अनुसन्धान टोलीमा प्रहरी अधिकृत, रोगविज्ञ र अन्य विज्ञ सम्मिलित टोलीले हालसम्म दर्जनौं व्यक्तिसँग सोधपुछ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?