Upalabdhi News

 महाकुम्भ मेलामा भएको भागदौड मच्चिँयोः कम्तीमा १५ जनाको मृत्यु

उपलब्धि मिडिया
माघ १६, २०८१ | ९:१० बजे


काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा आज महाकुम्भ मेलामा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । कयौं घाईते भएको बताईएको छ ।

मृतकको संख्या अझै बढ्न सक्ने बताईएको छ । ब्यारिकेड लगाएर हिँड्ने क्रममा अचानक भागदौड सुरु भएको थियो । अचानक भीडले धकेल्न थालेपछि भीडले धेरै मानिसहरूलाई कुल्चिएको थियो ।

ठूलो भीडमा दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले यस वर्ष महोत्सव स्थलमा जाने सडकहरूमा सयौं क्यामेरा पोलहरूमा राखिएको र ओभरहेड ड्रोनहरूको फ्लीट जडान गरेको छ ।

डेढ महिनामा उत्तरी सहर प्रयागराजमा ४० करोड भन्दा बढी मानिसहरू पुग्ने अपेक्षा गरिएको छ । सन् १९५४ को कुम्भ मेलाको समयमा कम्तिमा ४ सय मानिसको ज्यान गएको थियो । त्यसैगरी सन् २०१३ मा ३६ जनाको ज्यान गएको थियो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?